News Griha :: न्यूजगृह
काठमाडौंको चन्द्रागिरिमा दुर्घटना, १ जना गम्भीर घाइते
काठमाडौंको चन्द्रागिरिमा दुर्घटना, १ जना गम्भीर घाइते बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिकाको सीमा बिन्दवासिनी गेटमा बागमती प्रदेश ०१ ०२५च ९२४३ नम्बरको गाडी र बागमती प्रदेश ०१७ प १०९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
माओवादी केन्द्रको परामर्श बैठक जारी
माओवादी केन्द्रको परामर्श बैठक जारी नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्।अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन्। 
हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेङ्गु सङ्क्रमण 
हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेङ्गु सङ्क्रमण  वर्खायाम लागेसँगै डेङ्गु र हैजा रोगको सङ्क्रमण बढेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएको बताए। 
एक महिनामा ३ अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात
एक महिनामा ३ अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ। 
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौं आइपुगिन
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौं आइपुगिन पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन्।
विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक [भिडिओ]
विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक [भिडिओ] अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतीक्षापछि शनिबार बिहान विष्णु माझीको  ‘आइनँ आमा’ बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो।
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन्।
सन् २१०० पछि युरोपमा तापक्रम अझै बढ्ने, गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या तीन गुणा बढ्नसक्ने 
सन् २१०० पछि युरोपमा तापक्रम अझै बढ्ने, गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या तीन गुणा बढ्नसक्ने  प्रकृति र वातावरणमा तीव्र परिवर्तनका बीच युरोपमा बढ्दो गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। यो शताब्दीको अन्त्यसम्ममा यो तीन गुणासम्म बढ्न सक्छ। इटाली र स्पेन जस्ता दक्षिणी युरोपका क्षेत्रहरू बढी जोखिममा हुनेछन् र त्यहाँ धेरै मृत्यु हुन सक्ने बताइएको छ।
रिक्त पदाधिकारी चयन गर्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक
रिक्त पदाधिकारी चयन गर्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक नेकपा एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ।पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए। 
मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन
मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९:३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए। 
बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्री काठमाडौं आउँदै
बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्री काठमाडौं आउँदै पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
Weather Update