News Griha :: न्यूजगृह
काठमाडौंको चन्द्रागिरिमा दुर्घटना, १ जना गम्भीर घाइते

काठमाडौं— चन्द्रागिरिमा शनिबार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।  

बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिकाको सीमा बिन्दवासिनी गेटमा बागमती प्रदेश ०१ ०२५च ९२४३ नम्बरको गाडी र बागमती प्रदेश ०१७ प १०९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा एक जना गम्भीर घाइते भएको र उनलाई कलंकीस्थित शहीद मेमोरियल अस्पताल पठाइएको उनले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:०१
Weather Update