मोदी र जेलेस्न्कीबीच भेटवार्ता
काठमाडौं— युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। कीएभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुँदै मोदी कीएभ पुगेका थिए। जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ।
१९९१ मा सोभियत सङ्घबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्। रुस-युक्रेन युद्ध सुरु भएपछि विश्वका कैयौँ ठूला नेता रेलयात्रा गर्दै कीएभ पुगेका छन्।
मोदी करिब ७ घण्टा कीएभमा रहने मिडिया रिपोर्टमा बताइएको छ। मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिँदै महत्वपूर्ण भ्रमण भनेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १५:५२