घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच? शुक्रबार, भदौ ७, २०८१

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणः श्रीमान् पक्राउ शुक्रबार, भदौ ७, २०८१ भट्टलाई स्थानीय समय अनुसार बिहीबार अपरान्ह घरबाट प्रहरीले पक्राउ गरेको हो। भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इनसाइड नोभा डटकमका अनुसार प्रहरीले २८ वर्षीया नर्स काफ्लेको हत्या भएको आशङ्का गरेको छ। शव लुकाएको आशङ्कामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको गरिएको हो।

मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै शुक्रबार, भदौ ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूरक महामन्त्री डा मुकुल ढकालले आफूले पार्टीमा पेस गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन्।
![सेनाले माग्यो २८० जना अधिकृत क्याडेट [विज्ञापनसहित]](https://newsgriha.com/uploads/posts/nepal_army_1-1712891138.jpg)
सेनाले माग्यो २८० जना अधिकृत क्याडेट [विज्ञापनसहित] शुक्रबार, भदौ ७, २०८१ नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ। सेनाले रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै शुक्रबार, भदौ ७, २०८१ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ।

ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते शुक्रबार, भदौ ७, २०८१ पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय ग्यास बुलेटले हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
-1717758427.jpg)
सहकारीको बचत दुरुपयोग: आज रास्वपा सभापति लामिछानेसँग बयान लिँदै समिति शुक्रबार, भदौ ७, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।

बाढीले कञ्चनपुरमा १ अर्ब ५७ करोड रुपैयाँ बराबरको क्षति शुक्रबार, भदौ ७, २०८१ 'बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरूलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ,' निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने।

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन ! शुक्रबार, भदौ ७, २०८१ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको योजना सम्पन्न नहुँदै चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेकाले समस्या भएको हो ।

सिधाकुरा डटकमविरूद्धको मुद्दामा फैसला सुनाउने मिति सर्यो बिहीबार, भदौ ६, २०८१ सर्वोच्च अदालतले सिधाकुरा डटकमविरूद्ध अदालतको अवहेलना मुद्दामा फैसला सुनाउने दिन सारेको छ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीशको पूर्ण इजलासले बिहीबार फैसला सुनाउने भनिए पनि निर्णय सुनाउने दिन सरेको हो।सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार निर्णय सुनाउने दिन भदौ २० गतेका लागि तोकिएको हो।

यी हुन् सरकारले टिकटकसँग राखेका चार सर्त बिहीबार, भदौ ६, २०८१ सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छः प्रधानमन्त्री बिहीबार, भदौ ६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने बताएका छन्।

साफ यू–२० च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा बिहीबार, भदौ ६, २०८१ घरेलु टोली नेपाल समूह विजेताको रुपमा साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा नेपाली युवा टोलीले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो। समूह ए को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भयो।









