क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ बिहीबार, भदौ ६, २०८१

बलम्बुमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारियो बिहीबार, भदौ ६, २०८१ काठमाडौंको चन्द्रागिरि नगरपालिका, बलम्बुमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

गृहमन्त्रीले भने– प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ बिहीबार, भदौ ६, २०८१ गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन्।बिहीबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन्।

साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै बिहीबार, भदौ ६, २०८१ काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ। नेपाल र बंगलादेश समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन्।

घाँसीकुवाको पहिरो पन्छाउन सुरु, सडक सुचारु हुन समय लाग्ने बिहीबार, भदौ ६, २०८१ पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

अभिनेता विपीन कार्कीलाई मातृशोक बिहीबार, भदौ ६, २०८१ अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ।उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

स्वदेश फर्किँदै परराष्ट्रमन्त्री राणा बिहीबार, भदौ ६, २०८१ भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

बाढीले कैलालीको जनजीवन प्रभावित बिहीबार, भदौ ६, २०८१ भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ। आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन्। बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो।

मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने बिहीबार, भदौ ६, २०८१ मन्त्रिपरिषद् बैठक आज बस्दैछ। आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो।

काठमाडौंको बलम्बुमा शङ्कास्पद वस्तु फेला बिहीबार, भदौ ६, २०८१ चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

महोत्तरीमा नवविवाहिता युवतीको शङ्कास्पद मृत्यु, हत्या भएको माइतीपक्षको आरोप बिहीबार, भदौ ६, २०८१ महोत्तरीमा एक नवविवाहिता महिलाको शङ्कास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन्।माइतपक्ष भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ।

जर्मन गोलकिपर म्यानुएल नोयरले लिए सन्यास बिहीबार, भदौ ६, २०८१ जर्मन गोलकिपर म्यानुएल नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका नोयरले सामाजिक सञ्जालमार्फत १५ वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय घोषणा गरेका हुन्।

मकवानपुरको मनहरीमा भैँसीले बाघ मार्यो ! बिहीबार, भदौ ६, २०८१ मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो।









