हेटौँडास्थित राप्ती नदीको बगरमा पुरुषको शव भेटियो

मकवानपुर— मकवानपुरस्थित राप्ती नदीको बगरमा एउटा शव फेला परेको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित सुकुमबासी टोलनजिक राप्ती नदीको बगरमा मङ्गलबार साँझ अज्ञात पुरुषको शव भेटिएको हो।
अन्दाजी ३०/३५ वर्षका पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
शव बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए।
पोस्टमार्टमका लागि शव हेटौँडा अस्पतालमा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ ११:५६