News Griha :: न्यूजगृह
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

चितवन— पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान साढे ६ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा  सडक एकतर्फी अवरुद्ध बनेको हो।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताइन्।

मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताइन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:१९
Weather Update