सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो

काठमाडौं— सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ।
पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १७:२३