News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं— परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।

राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

मन्त्री राणा आइतबार नयाँदिल्ली पुगेकी हुन्।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग आजै दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयले उल्लेख गरेको छ।

राणा भदौ ६ मा स्वदेश फर्किनेछिन्।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:१९
Weather Update