सहकारी ठगी : सूर्यदर्शनका पूर्वसञ्चालक पक्राउ

काठमाडौं— पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वसञ्चालक सचिव अनुज नकर्मी पक्राउ परेका छन्।
सहकारी ठगीको मुद्दामा फरार रहेका उनलाई काठमाडौंकोे दक्षिणकालीबाट पक्राउ गरेर पोखरा लगिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ श्रीपुर घर भई हाल पोखरा घारीपाटन बस्ने ४८ वर्षीय नकर्मीलाई आज कास्की जिल्ला अदालतमा हाजिर गराइएको र उनलाई आजै कारागार चलान गरिएको कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
सहकारी पीडितको उजुरीको आधारमा सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई प्रतिवादी बनाएर गत वर्ष नै सहकारी ठगीको मुद्दा दर्ता भइसकेको छ।
उनीहरुविरुद्ध १ अर्ब ३५ करोड रुपैयाँ बराबरको बिगो दावी गरिएको छ। प्रतिवादीमध्ये ५ जना पुर्पक्षका लागि थुनामा रहेका छन्।
अहिले पक्राउ परेका नकर्मी छैटौँ प्रतिवादी हुन्। जीबी राईसहित अन्य १३ जना आरोपी फरार रहेका छन्।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ २१:२५













