News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।
दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा
दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्। फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ। फिल्मले रिलिजको पहिलो दिन बिहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो। त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको...
हिमताल फुटेर थामेमा बाढी, हेर्नुहोस् भिडि‌‌ओ
हिमताल फुटेर थामेमा बाढी, हेर्नुहोस् भिडि‌‌ओ सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ।
 प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट' लाई सम्बोधन
 प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट' लाई सम्बोधन यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए।
हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि, अझै दुई वटा ताल फुट्न सक्ने
हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि, अझै दुई वटा ताल फुट्न सक्ने सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ। 
टर्कीको संसद्मा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान 
टर्कीको संसद्मा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान  एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति  रेसेप तैयप एर्दोगानको पार्टीलाई आतङ्कवादी सङ्गठन भनेपछि संसद्मा झडप भएको थियो। त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए।
साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर
साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो।
माओवादी फेरि फुट्छ कि भनेर कोही डराउनुपर्दैनः प्रचण्ड
माओवादी फेरि फुट्छ कि भनेर कोही डराउनुपर्दैनः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरूले भिन्न ढङ्गले धारणा राखेको बताए। उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा...
अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीलाई दूतावासले दियो यस्तो सुझाव
अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीलाई दूतावासले दियो यस्तो सुझाव क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई क्यानडास्थित नेपाली राजदूतावासले सुझाव दिएको छ। राजदूतावासले नयाँ शैक्षिकमा अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको हो। दूतावासले क्यानडा बसाइँ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ। 
बाढीपछि नाम्चेभन्दा माथिको आवतजावत ठप्प
बाढीपछि नाम्चेभन्दा माथिको आवतजावत ठप्प बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवतजावत ठप्प भएको छ। शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ। 
यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर आयोजना नेपालले गर्ने 
यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर आयोजना नेपालले गर्ने  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा सो प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताको विजेताले २०२६ मा हुने आईसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ।
ठगीः तीनवटा सहकारीका सञ्चालकको बयान आज
ठगीः तीनवटा सहकारीका सञ्चालकको बयान आज सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिने भएको छ।
Weather Update