News Griha :: न्यूजगृह
बाजुराको गौमुलेमा चार वटा पसलमा चोरी, कुमारी बैंकको शाखामा तोडफोड
बाजुराको गौमुलेमा चार वटा पसलमा चोरी, कुमारी बैंकको शाखामा तोडफोड गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति तोडफोड भएको छ। राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शितल रावतले जानकारी दिए। 
यी हुन् एनपीएल खेल्ने ८ टोली
यी हुन् एनपीएल खेल्ने ८ टोली देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ। काठमाडौंमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ।
दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ- प्रचण्ड
दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ- प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन्।
शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध
शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका ८ मन्त्री र उनको पार्टी अवामी लिगका ६ जना पूर्व सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ। एन्टी करप्सन कमिसनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन्।
डिज्नी र रिलायन्स मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार
डिज्नी र रिलायन्स मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार भारतीय प्रतिस्पर्धा आयोग अर्थात् सीसीआईबाट स्वीकृति प्राप्त गरेसँगै अब डिज्नी र रिलायन्सको मर्जरले भारतीय मनोरञ्जन उद्योगमा आफ्नो प्रभाव देखाउने विश्लेषण हुन थालेको छ। यो भारतको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी बन्नेछ। यो खेलकुदको पावरहाउस पनि बन्नेछ। कम्पनीका भारतभर ७५ करोड दर्शक हुनेछन्। 
खोटाङमा चट्याङले तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै
खोटाङमा चट्याङले तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन्। ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा घाइते भएका हुन्। 
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नारावाजी गरेको आरोपमा पक्राउ परेका धरौटीमा रिहा
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नारावाजी गरेको आरोपमा पक्राउ परेका धरौटीमा रिहा टुँडिखेलमा भएको गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई मङ्गलबार र बुधबार दीपकसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको थियो।
कांग्रेसका शीर्ष नेताको बैठक बस्दै
कांग्रेसका शीर्ष नेताको बैठक बस्दै बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो। बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो।
मनाङमा गयो भूकम्प
मनाङमा गयो भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।
अमेरिकी डलर र युरोको भाउ घट्यो, यस्तो छ शनिबारको विनिमयदर
अमेरिकी डलर र युरोको भाउ घट्यो, यस्तो छ शनिबारको विनिमयदर शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ ।
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
पेरिस पारा ओलम्पिक २०२४ मा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक
पेरिस पारा ओलम्पिक २०२४ मा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा भने पदक जित्न सफल भइन्। उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन्।
Weather Update