मनाङमा गयो भूकम्प
काठमाडौं— मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ ०७:३२