News Griha :: न्यूजगृह
तीजको दिन बिहान ३ बजे नै पशुपतिका चार वटै ढोका खोलिने
तीजको दिन बिहान ३ बजे नै पशुपतिका चार वटै ढोका खोलिने कोषले तीजका अवसरमा शुक्रबार बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ। वृद्धवृद्धा एवं बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रुपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ।
हाउस पार्टीको नाममा युवा–युवतीलाई बन्धक बनाई यातना दिने चार जना पक्राउ
हाउस पार्टीको नाममा युवा–युवतीलाई बन्धक बनाई यातना दिने चार जना पक्राउ उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बूढानिलकण्ठ नगरपालिका–१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको आरोप छ।
आईसीसी टी२० क्रिकेटमा मङ्गोलियाको कीर्तिमान, १० रनमै अलआउट
आईसीसी टी२० क्रिकेटमा मङ्गोलियाको कीर्तिमान, १० रनमै अलआउट मङ्गोलिया आईसीसी टी२० विश्वकप को एसिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ। बिहीबार सम्पन्न सिङ्गापुरविरुद्धको खेलमा मङ्गोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो।
युवतीमाथि स्वास्थ्य चौकी प्रमुखले पटक–पटक बलात्कार गरेको आरोप 
युवतीमाथि स्वास्थ्य चौकी प्रमुखले पटक–पटक बलात्कार गरेको आरोप  बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन्।पक्राउ पर्नेमा जिल्लाको  सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी छन्।
उदयपुरको सोरुङ छविसेमा आमा–छोराको हत्या
उदयपुरको सोरुङ छविसेमा आमा–छोराको हत्या वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र अन्दाजी छ वर्षीय छोरा आरुसको बिहीबार बिहान पसलमै शव भेटिएको हो।
नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी
नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्। तानसेनमा बिहीबार पत्रकारसँग उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए।
काठमाडौंका ७ सहकारीलाई कारबाही गर्न महानगरले गर्‍यो सीआईबीमा पत्राचार
काठमाडौंका ७ सहकारीलाई कारबाही गर्न महानगरले गर्‍यो सीआईबीमा पत्राचार काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूको अनुगमन सुरु गरेको छ। महानगरले ४० वटा विभिन्न सहकारी संस्थाहरूको अनुगमन गर्दा ७ वटालाई अनुसन्धान र कारबाहीको थप प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ।
एआईजी ज्ञवालीसहित ५ प्रहरीले दायर गरेको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा
एआईजी ज्ञवालीसहित ५ प्रहरीले दायर गरेको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो। 
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो बिहीबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार, मङ्गलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ मै कारोबार भएको थियो।
प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ– ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’
प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ– ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा उनले शहीदको बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको उल्लेख गर्दै यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
अवरुद्ध कान्तिलोकपथ खुल्यो
अवरुद्ध कान्तिलोकपथ खुल्यो मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो। उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त २०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्। लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन। 
Weather Update