News Griha :: न्यूजगृह
उदयपुरको सोरुङ छविसेमा आमा–छोराको हत्या

उदयपुर— कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र अन्दाजी छ वर्षीय छोरा आरुसको बिहीबार बिहान पसलमै शव भेटिएको हो।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो,’ वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए। 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:५९
Weather Update