News Griha :: न्यूजगृह
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो।
काठमाडौं महानगरपालिकाद्वारा पलेशालाई पाँच लाखसहित सम्मान
काठमाडौं महानगरपालिकाद्वारा पलेशालाई पाँच लाखसहित सम्मान काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ।
बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड
बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड मिडिया रिपोर्टका अनुसार बाढीपछि राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्। दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।
शेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
शेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ।आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
एमालेसँग मतभेद छैन: देउवा
एमालेसँग मतभेद छैन: देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताए।
जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो
जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा बुधबार दिउँसो अजिङ्गर भेटिएको छ। आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो।
पलेशाले भनिन्– आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो
पलेशाले भनिन्– आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन्।राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन्।
धनगढी, विराटनगर र सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
धनगढी, विराटनगर र सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो।
मुलुकलाई दुई दलीय अधिनायकवादमा लैजान खोजिँदैछ, विपक्षीहरू सङ्गठित हुनुपर्छः प्रचण्ड
मुलुकलाई दुई दलीय अधिनायकवादमा लैजान खोजिँदैछ, विपक्षीहरू सङ्गठित हुनुपर्छः प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुई दलीय शासन अधिनायकवाद तर्फ लैजाने खोजिएको भन्दै अब त्यसविरुद्ध विपक्षीहरूलाई समेटेर लैजानुपर्ने बताएका छन्।बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
सूर्यदर्शन सहकारीको पूरक जाहेरी: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो?
सूर्यदर्शन सहकारीको पूरक जाहेरी: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो? पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो। 
सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एकजना नियन्त्रणमा
सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एकजना नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरू पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए।
निगमका अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले सोध्यो स्पष्टीकरण
निगमका अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले सोध्यो स्पष्टीकरण नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ।दुइटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको हो।
Weather Update