News Griha :: न्यूजगृह
नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य ?
नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य ? बुधबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो।
बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ
बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ बालिकाले घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार ती शिक्षकले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन्।
मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलमा पुनः उडान
मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलमा पुनः उडान प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ।नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेसन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए।
पारालिम्पिकमा कांस्य पदक जितेकी पलेशालाई यसरी गरियो स्वागत
पारालिम्पिकमा कांस्य पदक जितेकी पलेशालाई यसरी गरियो स्वागत पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ।त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो।
नेपालले ओमान र क्यानडाविरुद्व खेल्ने एकदिवसीय र टी२० को खेल तालिका सार्वजनिक
नेपालले ओमान र क्यानडाविरुद्व खेल्ने एकदिवसीय र टी२० को खेल तालिका सार्वजनिक आईसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ।क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरु हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी२० सिरिज सुरु हुनेछ।
सङ्खुवासभामा १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ
सङ्खुवासभामा १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरिबहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ। जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४ दशमलव ६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ। जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ।
एमाले पोलिटब्युरो बैठक आज पनि 
एमाले पोलिटब्युरो बैठक आज पनि  नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ। हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।
ओलीविरुद्ध बालेन समर्थकले चलाए फेसबुकमा ‘अनफलो’ अभियान 
ओलीविरुद्ध बालेन समर्थकले चलाए फेसबुकमा ‘अनफलो’ अभियान  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन्।पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबीच टसल देखिएसँगै अनफलो अभियान चलेको हो।
दसैँमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने
दसैँमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो।
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने पलेशा आज बिहान काठमाडौं आउँदै छिन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ।
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ? केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ।
Weather Update