मुना पाण्डे हत्या आरोपित शाहलाई धरौटीमा छाड्न अदालतको अस्वीकार बुधबार, भदौ १९, २०८१

देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा बुधबार, भदौ १९, २०८१ देशका केही भूभागमा वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको हो।

विष्णुमती नदीले जलसतह पार गर्यो बुधबार, भदौ १९, २०८१ काठमाडौंको विष्णुमती नदीले जलसतह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउनु आग्रह गरेको हो।

बालेनको चेतावनी–म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ मंगलबार, भदौ १८, २०८१ काठमाडौं महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन्।सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफू गलत भए पक्राउ गर्न चेतावनी दिँदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन्।

स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते, तीनको अवस्था गम्भीर मंगलबार, भदौ १८, २०८१ महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन्। प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन्।

सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थप मंगलबार, भदौ १८, २०८१ प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समितिका सभापति सूर्य थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए।

कतारका श्रमिकको समस्या समाधान गर्न सांसदहरूको सुझाव मंगलबार, भदौ १८, २०८१ सांसदहरुले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिएका छन्।

असोजको पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्चीको पानी मंगलबार, भदौ १८, २०८१ राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

संसद्मा उठ्यो एमबीबीएस प्रवेश परीक्षाको नतिजा छानबिनको माग मंगलबार, भदौ १८, २०८१ संंघीय संसद्का दुवै सदनमा चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशनमा गरेको त्रुटि छानबिन गर्न माग गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको भन्दै आपत्ति जनाए।

उपमेयर सुनिताले गरिन् बालेन कार्यशैलीको आलोचना मंगलबार, भदौ १८, २०८१ काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्।मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिङ्गो महानगर नै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि जनाएकी हुन्।

कुटपिट गरी धनमाल लुटपाट, चार घण्टा पछिमात्र पुग्यो प्रहरी मंगलबार, भदौ १८, २०८१ गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ।स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२–१५ जनाको समूहमा आएका लुटेराहरूले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन्।

अस्पतालमा बिरामीको चाप बढेपछि भूइँमा राखेर उपचार मंगलबार, भदौ १८, २०८१ गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ।अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आएको भए पनि यस पटकदेखि बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको हो।

निर्धारित समयमै काठमाडौं–तराई–मधेस दू्रतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन मंगलबार, भदौ १८, २०८१ रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरि निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन्।









