News Griha :: न्यूजगृह
अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु
अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु बौधिमाई–४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एकजना नवजात शिशुको मङ्गलबार बिहान मृत्यु भएको हो। बौधीमाई नगरपालिका ४ का  गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो। 
एमालेको पोलिटब्युरो बैठक सुरु
एमालेको पोलिटब्युरो बैठक सुरु नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।  
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।  
राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्रीले मागिन् माफी
राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्रीले मागिन् माफी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्योः संघ
परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्योः संघ चिकित्सकहरूले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर  बहिरङ्ग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन्। नेपाल चिकित्सक संघले हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको बहिरङ्ग सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति आफूहरूको आपत्ति रहेको जनाएको हो।
युगान्डामा भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ
युगान्डामा भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसद्तर्फ जाने क्रममा पक्राउ गरी हिरासतमा लिइएको थियो।
सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर
सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग र सीपी गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। गौतम यसअघि मानवस्रोत विभागमा कार्यरत थिए। 
पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैनः गृहमन्त्री लेखक
पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैनः गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्।  
प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै बालेनले एमाले सांसद शर्माबारे लेखेको स्टाटस हटाएका हुन्?
प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै बालेनले एमाले सांसद शर्माबारे लेखेको स्टाटस हटाएका हुन्? काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले हटाएको छ।दुई दिनअघि लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको भन्दै किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए।
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन्।
गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध
गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्। क्लबसँग एक वर्षको सम्झौता गरेकी छन्।  ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुँदै छ। उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन्।
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ। यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Weather Update