सिन्धुपाल्चोकमा भूकम्पको धक्का मंगलबार, भदौ १८, २०८१

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा, को कहाँ? सोमबार, भदौ १७, २०८१ नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार तीन जना डीआईजीको काज सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

आठ लाख ४० हजारका आइफोनसहित एक पक्राउ सोमबार, भदौ १७, २०८१ प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी छन्।

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङलाई किन गराए सचेत? सोमबार, भदौ १७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई सचेत गराएका छन्।मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन्।

सिरहाबाट ८ केजी चाँदीका गहनासहित एक जना पक्राउ सोमबार, भदौ १७, २०८१ सिरहाबाट चाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन्। प्रहरीले आइतबार साँझ लहान नगरपालिका–७ बाट एकजनालाई पक्राउ गरेको हो।

सर्पले टोकेर बालकको मृत्यु सोमबार, भदौ १७, २०८१ मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मन्त्रालयमा असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा सोमबार, भदौ १७, २०८१ राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन्। सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रममा मन्त्रिमण्डल हेरफेर गर्दा मनाङेलाई वन मन्त्रालयको दिइएको थियो।

रुसी सेनामा भर्ती भएका थप ४ नेपालीको मृत्यु, युक्रेनसँगको युद्धमा मर्ने नेपालीको सङ्ख्या ४० पुग्यो सोमबार, भदौ १७, २०८१ रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ। पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बू, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको सङ्ख्या ४० पुगेको छ । परराष्ट्र स्रोतका अनुसार भदौ १४...

गण्डकीमा मन्त्री मनाङे असन्तुष्ट, राजीनामा दिने धम्की सोमबार, भदौ १७, २०८१ गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन्।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए।

१२७ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि सोमबार, भदौ १७, २०८१ कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ। कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो।
-1715590715.jpg)
मुग्लिन-पोखरा सडक खण्डकाे पश्चिमतर्फकाे म्याद थप सोमबार, भदौ १७, २०८१ निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डकाे म्याद थप गरिएको छ। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो।

एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण सोमबार, भदौ १७, २०८१ भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो।

गण्डकीमा एमालेका चार मन्त्रीले लिए शपथ सोमबार, भदौ १७, २०८१ गण्डकी सरकारमा नियुक्त भएका एमालेका चार जना मन्त्रीले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।









