News Griha :: न्यूजगृह
सिरहाबाट ८ केजी चाँदीका गहनासहित एक जना पक्राउ

सिरहा— सिरहाबाट चाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन्। प्रहरीले आइतबार साँझ लहान नगरपालिका–७ बाट एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दीपेन्द्र बिक छन्। प्रहरीले उनको साथबाट झण्डै साढे १० लाखको चाँदीका गरगहना बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय, लहानको टोलीले सुरक्षा जाँच गर्दा उनले बोकेको कालो रंगको झोलाबाट स्रोत नखुलेको १० लाख ४० हजार बराबरको अन्दाजी ८ केजी चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:५०
Weather Update