आज थप चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै सोमबार, भदौ १७, २०८१

अमेरिकामा फेरि एक नेपालीको मृत्यु सोमबार, भदौ १७, २०८१ अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्।मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन।

एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित सोमबार, भदौ १७, २०८१ रियल मड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन्। उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए। ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन्।

चितवनमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु सोमबार, भदौ १७, २०८१ मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्। चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिए।

काभ्रेमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु सोमबार, भदौ १७, २०८१ काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गएराति उपचारका क्रममा मृत्यु भएको छ। करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

झाडापखालाबाट बाँकेमा चारजनाको मृत्यु सोमबार, भदौ १७, २०८१ बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ।

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना सोमबार, भदौ १७, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास छ।पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
-1725206296.jpg)
दसैँतिहारमा खाद्यवस्तुको अभाव नहोस्: प्रधानमन्त्री ओली आइतबार, भदौ १६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।

एभरेष्ट सहकारीका उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित पाँच जना पक्राउ आइतबार, भदौ १६, २०८१ बचत रकम हिनामिना गरेको अभियोगमा काठमाडौंको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

गठबन्धन नगरी चुनाव लड्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित आइतबार, भदौ १६, २०८१ नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ।महामन्त्री थापाले साङ्गठनिक प्रस्तावमा समेटेको उक्त विषय रणनीति भन्दै सभापति शेरबहादुर देउवा र उनी निकट केन्द्रीय सदस्यहरूले अहिल्यै निर्णय गर्न हुन्न भन्ने मत राख्दै आएका थिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण आइतबार, भदौ १६, २०८१ डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीमा आकस्मिक अवतरण गरेको छ।

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो आइतबार, भदौ १६, २०८१ गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय गरेको हो। यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ।

प्रधानमन्त्री ओलीलाई बालेनको प्रश्न- नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ? आइतबार, भदौ १६, २०८१ काठमाडौं महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन्।









