News Griha :: न्यूजगृह
पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु
पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर  सोमबार बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए।
अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने
अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने अर्थ मन्त्रालयले निश्चित सर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)मा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ।
ट्राफिक प्रहरीले डेढ महिनामै सङ्कलन गर्याे ४४ लाख ६९ हजार राजस्व
ट्राफिक प्रहरीले डेढ महिनामै सङ्कलन गर्याे ४४ लाख ६९ हजार राजस्व चालु आव २०८१–८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट १३ लाख ८२ हजार गरी ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको...
८.३ प्रतिशतले बढे विदेशी पर्यटक
८.३ प्रतिशतले बढे विदेशी पर्यटक सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।
तीन तस्बिरमा हेर्नुहोस् सुनदह
तीन तस्बिरमा हेर्नुहोस् सुनदह रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित समुद्री सतहदेखि चार हजार चार  सय ३५ मिटर उचाइमा अवस्थित सुनदह। यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाँदै सरकार, मुद्दा चलाउन फाइल महान्यायाधिवक्ता कार्यालयमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाँदै सरकार, मुद्दा चलाउन फाइल महान्यायाधिवक्ता कार्यालयमा नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ।
सुनचाँदीको मूल्यमा आजपनि गिरावट
सुनचाँदीको मूल्यमा आजपनि गिरावट आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।सोमबार सुन तोलाको ३ सय रुपैयाँले घटेर तोलामा एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
इजरायलमा नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौँ मानिस सडकमा
इजरायलमा नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौँ मानिस सडकमा प्रदर्शनकारीले बन्धकहरूको रिहाइका लागि हमाससँग तत्काल सम्झौता गर्न माग गरेका छन्। तेल अभिव, जेरुसेलम लगायत कयौँ शहरमा जारी प्रदर्शनमा सहभागीहरू सरकारको चर्को आलोचना गरेका समाचारहरूमा जनाइएको छ। गत वर्षको अक्टोबर महिनामा इजरायलमा हमास समूहले आक्रमण गरी नेपालका विपिन जोशीसहित सयौँ मानिसलाई बन्धक बनाएको थियो।
गण्डकीमा एमालेले टुङ्ग्यायो ४ मन्त्रीको नाम, शपथ आजै
गण्डकीमा एमालेले टुङ्ग्यायो ४ मन्त्रीको नाम, शपथ आजै नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुङ्ग्याएको छ। स्रोतका अनुसार बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम टुङ्गिएको छ।
नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ
नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन्।
त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन त्रिभुवन विश्वविद्यालयले ११ वटा आङ्गिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ। सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो।
गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित
गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ।गजुरी गाउँपालिका–६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ।
Weather Update