सिन्धुपाल्चोकमा भूकम्पको धक्का
काठमाडौं— सिन्धुपाल्चोकमा भूकम्प गएको छ।
मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रबिन्दु भएर गएको हो।
यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ ०६:५८