News Griha :: न्यूजगृह
अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा ९४ मुद्दा दर्ता 
अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा ९४ मुद्दा दर्ता  योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको सङ्ख्या ९४ पुगेको छ। तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले दर्ता गरेका मुद्दा रहेको बंगलादेशका मिडियाहरूले उल्लेख गरेका छन्।  
पहिरोले कान्तिलोकपथ अवरुद्ध
पहिरोले कान्तिलोकपथ अवरुद्ध मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बालोन डी’ओर अवार्डको ३० जनाको सूचीमा मेसी र रोनाल्डो परेनन्
बालोन डी’ओर अवार्डको ३० जनाको सूचीमा मेसी र रोनाल्डो परेनन् मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका छैनन्। आठ पटकको बालोन डी’ओर विजेता मेसीले २०२३ मा पुरस्कार पाएका थिए। 
अमेरिकाको जर्जियास्थित विद्यालयमा १४ वर्षीय बालकले गोली चलाए, चार जनाको मृत्यु
अमेरिकाको जर्जियास्थित विद्यालयमा १४ वर्षीय बालकले गोली चलाए, चार जनाको मृत्यु अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार घटनामा ९ जना घाइते छन्।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ। 
शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति, मनास्लु आरोहीको सर्वाधिक रोजाइमा
शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति, मनास्लु आरोहीको सर्वाधिक रोजाइमा पर्यटन विभागका अनुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन्। विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन्। 
त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान
त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ।
आज दर खाने दिन
आज दर खाने दिन पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीय तिथि परेको हो।भाद्र शुक्ल द्वितीयाका दिन नीराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।
के छ पर्यटक बढाउने सरकारी योजना?
के छ पर्यटक बढाउने सरकारी योजना?  सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।  
तीन प्रदेशका केही स्थानमा भारी वर्षा
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ
प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ अवकाशमा जान लागेका प्रधानसेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले बिदाइ गरेको छ। करिब ४२ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी भदौ २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका शर्माको सम्मानमा आज जङ्गी अड्डामा एक कार्यक्रम गरी बिदाइ गरिएको हो।
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ लक्ष्मीनियाँमा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।
Weather Update