मन्त्रिपरिषद्ले परिवर्तन गर्यो रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र शुक्रबार, भदौ २१, २०८१

चल्न थाल्यो टिकटक शुक्रबार, भदौ २१, २०८१ सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ।

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि शुक्रबार, भदौ २१, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी नियुक्त शुक्रबार, भदौ २१, २०८१ नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सङ्गीता पहाडीलाई नियुक्त भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरेको हो।

पुटिनको समर्थन कमला ह्यारिसलाई शुक्रबार, भदौ २१, २०८१ रुसको भ्लादिभोस्टोक शहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो। यस प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईंले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिए। तर अहिले उनी दौडबाट पछि हटेका छन्, उनले कमला ह्यारिसको नामलाई समर्थन गरेका छन्, त्यसैले म पनि...
![बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/death-body-death-1697010507.jpg)
बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु [अपडेट] शुक्रबार, भदौ २१, २०८१ बागलुङ नगरपालिका–५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे आएको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, स्थानीय २२ वर्षीय अविशेष रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको हो।

काठमाडौंको नक्सालमा टेस्ला शोरुममा आगलागी शुक्रबार, भदौ २१, २०८१ काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ। आगलागी नियन्रणमा लिइएको छ। शोरुममा शुक्रबार लागेको आगलागी दमकलको सहायतामा नियन्रणमा लिइएको प्रहरी वृत्त मालिगाउँले जानकारी दिएको छ।

गैँडाको आक्रमणबाट बर्दियामा एकको मृत्यु, अमेरिकी नागरिकसहित दुई घाइते शुक्रबार, भदौ २१, २०८१ नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो।

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता शुक्रबार, भदौ २१, २०८१ बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।

आज तीज पर्व मनाइँदै शुक्रबार, भदौ २१, २०८१ भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्।पञ्चाङ्गमा आज १५ घडी ५७ पला अर्थात् मध्यान्ह १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ।

४९२ जना कैदीको कैद मिनाहा गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित शुक्रबार, भदौ २१, २०८१ संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र बारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने भनी सर्वोच्च अदालतबाट आदेश...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत शुक्रबार, भदौ २१, २०८१ न्युयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको होः गृहमन्त्री बिहीबार, भदौ २०, २०८१ धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।









