News Griha :: न्यूजगृह
काठमाडौंको नक्सालमा टेस्ला शोरुममा आगलागी

काठमाडौं— काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ। 

आगलागी नियन्रणमा लिइएको छ। शोरुममा शुक्रबार लागेको आगलागी दमकलको सहायतामा नियन्रणमा लिइएको प्रहरी वृत्त मालिगाउँले जानकारी दिएको छ। 

आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:३९
Weather Update