News Griha :: न्यूजगृह
अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा ९४ मुद्दा दर्ता 

काठमाडौं— बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ।

योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको सङ्ख्या ९४ पुगेको छ। तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले दर्ता गरेका मुद्दा रहेको बंगलादेशका मिडियाहरूले उल्लेख गरेका छन्।  

जुलाई १९ मा ढाकामा एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो।

यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन्।

देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्ट ५ मा बंगलादेश छोडेकी थिइन्। उनी हाल भारतमा रहेकी छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०९:३४
Weather Update