News Griha :: न्यूजगृह
बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

काठमाडौं— उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ।

मिडिया रिपोर्टका अनुसार बाढीपछि राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्। दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।

मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मृत्यु भएको थियो।

तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए। 

रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुन्ड्याइएको थियो। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३० जना पार्टीका प्रमुख व्यक्तिहरूलाई एकै समयमा झुन्ड्याइएको थियो। 

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चाङ्गाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो। 

उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन। 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:२७
Weather Update