News Griha :: न्यूजगृह
हाउस पार्टीको नाममा युवा–युवतीलाई बन्धक बनाई यातना दिने चार जना पक्राउ

काठमाडौं — क्लब एवम् हाउस पार्टीको नाममा युवा–युवतीलाई बन्धक बनाई यातना दिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बूढानिलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ घर भएका २२ वर्षीया ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङ छन्।

उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बूढानिलकण्ठ नगरपालिका–१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको आरोप छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बूढानिलकण्ठ नगरपालिका–१ बाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्यामर १ थान, इलेक्ट्रिक आइरन १ थान बरामद गरेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:३२
Weather Update