News Griha :: न्यूजगृह
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
तस्बिर: गृहमन्त्रीको सचिवालय।

काठमाडौं—  गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्।

बिहीबार महेन्द्रनगरमा पत्रकारसँग उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन्।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ,’ गृहमन्त्री लेखकले भने।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त २०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्। लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:१४
Weather Update