News Griha :: न्यूजगृह
इमेज सहकारी ठगीः मेयर नेपालीको बयान– सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु
इमेज सहकारी ठगीः मेयर नेपालीको बयान– सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु मेयर नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित उक्त सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। मेयर नेपालीले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताएका छन्।
बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई सय पुग्यो, २६ जना बेपत्ता नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या दुई सय पुगेको हो। त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता छन्।
बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन
बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ।
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बर्दघाट नगरपालिका– ४ दाउन्ने जङ्गलस्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए।
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा चौथो दिनको खेल सकिदाँ बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडि रहेको छ।यसअघि भारतले आज आफ्नो पहिलो इनिङमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ घोषणा गरेको थियो। भारतले पहिलो इनिङमा ५२ रनको अग्रता लिएर इनिङ घोषणा गरेको थियो। 
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ। मन्त्री नियुक्त भएलगत्तै प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए।मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ।
सरकारले आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन : प्रधानमन्त्री ओली
सरकारले आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन्।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले आफ्नो क्षमताअनुसार काम गरेको...
दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दर्ता
दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दर्ता दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ।साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको हो।
अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान
अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को जारी सम्मेलनमा कुर्सी हानाहान परेको छ।आज (सोमबार) सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सीले हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन गत बिहिबारदेखि सुरु भएको थियो।
नेप्से साढे ४४ अंकले बढेपनि कारोबार रकम घट्यो
नेप्से साढे ४४ अंकले बढेपनि कारोबार रकम घट्यो सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। सो दिन ५० हजार ५ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच भए। ती किनबेचमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ। आइतबार ४ अर्ब ५ करोड रुपैयाा बराबरको शेयर कारोबार भएको...
काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना
काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले जानकारी दिए।
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एअरहोस्टेसको धर्ना
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एअरहोस्टेसको धर्ना आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का एअरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन्।निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्। 
Weather Update