News Griha :: न्यूजगृह
नेप्से साढे ४४ अंकले बढेपनि कारोबार रकम घट्यो

काठमाडौं— अघिल्ला दुई दिन उच्च अंकले घटेको नेप्से सोमबार ४४.४५ अंकले बढेर २ हजार ५ सय ८.८६ विन्दुमा उक्लेको छ। अघिल्लो दिनको तुलनामा नेप्से १.८० प्रतिशतले बढेको हो। गत बिहीबार ३२ र आइतबार २२ अंकले नेप्से घटेको थियो।

सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। सो दिन ५० हजार ५ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच भए।

ती किनबेचमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आइतबार ४ अर्ब ५ करोड रुपैयाा बराबरको शेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा सोमबार कारोबार संख्या र किनबेच भएका शेयर कित्ता पनि घटेको छ। सोमबार २१० कम्पनीको शेयरमूल्य बढ्दा ३३ वटाको घट्यो, बाँकी एउटा कम्पनीको शेयरमूल्य स्थिर रहयो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:०१
Weather Update