दुई दिनमा १६० अंकले बढ्यो नेप्से, १५ वटै फाइनान्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट मंगलबार, असोज १५, २०८१

दसैँको मुखमा जोखिमपूर्ण यात्रा नगर्न सुझाव मंगलबार, असोज १५, २०८१ वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ।दसैँका लागि पोकापुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन्।

सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायुसेवा कम्पनी सहमत मंगलबार, असोज १५, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्।

अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन मंगलबार, असोज १५, २०८१ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ।बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो।छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ।

नियमित काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन मंगलबार, असोज १५, २०८१ मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। महासचिव शंकर पोखरेलका अनुसार विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।

सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने एमालेको निर्णय मंगलबार, असोज १५, २०८१ नेकपा एमालेले सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय मंगलबार बसेरा होटलमा बसेको सचिवालय बैठकले गरेको हो।

नागढुङ्गा सडक २ घण्टाका लागि पूर्णरुपमा बन्द मंगलबार, असोज १५, २०८१ लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ।झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो। त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो।

बर्दघाट–दाउन्ने सडक आज रातभरि बन्द रहने मंगलबार, असोज १५, २०८१ जिल्ला प्रशासन कार्यालय नवलपरासीले मङ्गलबार एक सूचना प्रकाशित गर्दै असोज १५ गते राति १० बजेदेखि असोज १६ गते बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ।

विकल दम्पतीविरुद्ध झण्डै दुई अर्ब मागदाबीसहित मुद्दा दायर मंगलबार, असोज १५, २०८१ राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकको स्विकृति बिना विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ करोड मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

बाढीपहिरोमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता मंगलबार, असोज १५, २०८१ पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए। उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए।

पूर्वबाट फेरि मौसम बदली सुरु मंगलबार, असोज १५, २०८१ असोज १६ गते कोशी, मधेस प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ। असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ।

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर मंगलबार, असोज १५, २०८१ सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो। लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए। गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो।

ललितपुरमा वर्षाजन्य विपद्ः थप ६ जनाको शव भेटियो, मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो मंगलबार, असोज १५, २०८१ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिएको जानकारी अनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।









