आँगनका मिठाई खान अयोग्य, उत्पादकलाई विभागले तिरायो २ लाख जरिवाना बुधबार, असोज १६, २०८१

पूर्वका ९ जिल्लामा बाढीको जोखिम बुधबार, असोज १६, २०८१ महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ। त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइ राख्न महाशाखाले अनुरोध गरेको छ।

प्राधिकरणले भन्यो— भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउनू बुधबार, असोज १६, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ।बुधबार सूचना जारी गर्दै प्राधिकरणले असोज १० गतेदेखि १२ गतेसम्म परेको पानीले जमिन गलेकाले पहिराको जोखिम पनि औंल्याएको छ।

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइदैन, बेखबर मन्त्री! बुधबार, असोज १६, २०८१ बाढीपहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन्। एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन्। महङ्गोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ।

स्याङ्जामा घन प्रहार गरी एकजनाको हत्या बुधबार, असोज १६, २०८१ थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना बुधबार, असोज १६, २०८१ ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्मा लोकतान्त्रिक विशेष बढुवाको आरोह–अवरोह बुधबार, असोज १६, २०८१ ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा वीर सपूतहरुको बलिदानबाट नेपालमा लोकतन्त्रको स्थापित भई नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै कर्मचारीहरूले गरेको जनआन्दोलनको योगदानको कदर गर्दै २०६४ साउन २३ मा निजामती सेवा ऐन २०४९ दोस्रो संशोधन मार्फत दफा २४ घ१ थप गरी निर्धारित योग्यता पुगेका निजामती कर्मचारीहरूलाई कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनको आधारमा...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर बुधबार, असोज १६, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

सबै संयन्त्रलाई ‘हाई अलर्ट’ रहन गृहमन्त्रीको निर्देशन बुधबार, असोज १६, २०८१ गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरे।

मध्यपूर्व थप तनावग्रस्त: इजरायलमा इरानले हान्यो ब्यालेस्टिक मिसाइल, नेतन्याहू भन्छन्– ठूलो मूल्य चुकाउनुपर्छ बुधबार, असोज १६, २०८१ इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै नेतन्याहूले शत्रुविरुद्ध बदला लिन कटिबद्ध रहेको भन्दै इरानलाई चेतावनी दिएका हुन्। इजरायलको डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता डयानियल हगारीले आज मध्यपूर्वमा इजरायली वायु सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताए।

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बुधबार, असोज १६, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ।

बाढीपहिरोमा परी २२८ जनाको मृत्यु बुधबार, असोज १६, २०८१ हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। अन्य एक सय ५८ जना घाइते छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ।

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी? बुधबार, असोज १६, २०८१ विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ। विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ।









