News Griha :: न्यूजगृह
मध्यपूर्व थप तनावग्रस्त: इजरायलमा इरानले हान्यो ब्यालेस्टिक मिसाइल, नेतन्याहू भन्छन्– ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं— इरानले गएराति इजरायल लक्षित १ सय ८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्षेप्यास्त्र प्रहारको इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै नेतन्याहूले शत्रुविरुद्ध बदला लिन कटिबद्ध रहेको भन्दै इरानलाई चेतावनी दिएका हुन्। इजरायलको डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता डयानियल हगारीले आज मध्यपूर्वमा इजरायली वायु सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताए।

MIDEAST-JERUSALEM-IRAN-MISSILE-1727837836.jpgइरानले इजरायललक्षित ब्यालेस्टिक मिसाइल प्रहार गर्ने सङ्केत अमेरिकाले दिएको केही बेरमै इरानले आक्रमण थालेको बताइएको छ।

इरानले इजरायल लक्षित १ सय ८० भन्दा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसमध्ये इजरायली सेनाको प्रतिरक्षा प्रणालीले थुप्रै मिसाइल ध्वस्त पारेको छ। उक्त आक्रमणमा कुनै हताहत नभएको बताइएको छ। 

MIDEAST-JERUSALEM-IRAN-MISSILE_1-1727837834.jpgइजरायलको बचाउमा अमेरिकी र बेलायती सैन्य बलले सहयोग गरेको छ। हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई पूर्ण रुपमा अमेरिकाको समर्थन रहेको बताए।  त्यस्तै उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी सेनाले इजरायललाई गरेको सहयोगलाई सही भन्दै इरान मध्यपूर्वमा अस्थिरता निम्त्याउने शक्ति भएको टिप्पणी गरिन्।

इजरायलले इरान समर्थित हेजबुल्लाह समूह लक्षित लेबनानमा प्रवेशस्थल कारबाही, हमास प्रमुख इस्माइल हानिया र हिजबुल्लाह प्रमुख हसन नसरुल्लाहको मृत्युको बदला लिएको इरानले स्पष्ट पारेको छ। 

MIDEAST-JERUSALEM-IRAN-MISSILE_2-1727837832.jpgत्यस्तै इरानका राष्ट्रपति मसुद पेजेश्कियानले हमलाको बचाउ गर्दै वैध अधिकारलाई मध्यपूर्व क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न निर्णायक जवाफ दिएको बताए।

त्यस्तै इरानका आर्म फोर्स प्रमुख मोहम्मद बघेरीले यो पहिलो चरणको आक्रमण भएको र यदि इजरायलले प्रतिकार गरे उसले योभन्दा पनि ठूलो आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। 

MIDEAST-JERUSALEM-IRAN-MISSILE_3-1727837831.jpgहिजोको आक्रमणपछि मध्यपूर्व थप तनावग्रस्त बनेको छ। उता लेबनानमा भने इजरायली सेनाको आक्रमण जारी छ।

तस्बिरहरुः सिन्ह्वा/रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०८:४३
Weather Update