News Griha :: न्यूजगृह
जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल
जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ।
काठमाडौंमा बिहानैदेखि वर्षा, आज रातिभन्दा दिउँसो धेरै वर्षा हुने 
काठमाडौंमा बिहानैदेखि वर्षा, आज रातिभन्दा दिउँसो धेरै वर्षा हुने  देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 
बडादसैँ सुरु, आज घटस्थापना 
बडादसैँ सुरु, आज घटस्थापना  नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्च माटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।
कोशी प्रदेशका राज्यमन्त्रीमाथि लुटपाटको प्रयास  
कोशी प्रदेशका राज्यमन्त्रीमाथि लुटपाटको प्रयास   कोशी प्रदेशको राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ। उदयपुरको बेलका नगरपालिका– ८ स्थिति सिरवानी भन्ने स्थानमा मंगलबार राति लुटपाटको प्रयास भएको हो।
विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता
विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा ८, उपत्यकामा १०१, बागमतीमा १०८ र लुम्बिनीमा २ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
ललितपुरको बालकुमारीमा पुरुषको शव भेटियो
ललितपुरको बालकुमारीमा पुरुषको शव भेटियो ललितपुरको बालकुमारीमा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ।मनोहरा खोला किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो
बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन्। अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन्।
गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना, चालकले मापसे गरेको आशङ्का
गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना, चालकले मापसे गरेको आशङ्का जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खोडपे नजिकै दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। दुर्घटनामा परेको एम्बुलेन्स जिल्ला अस्पतालको हो।
ईडीभी आजबाट खुला हुँदै, राति ९:४५ बजेबाट आवेदन दिन सकिने
ईडीभी आजबाट खुला हुँदै, राति ९:४५ बजेबाट आवेदन दिन सकिने आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन्। डीभीको म्याद आगामी कात्तिक २० गते राति १०:४५ बजेसम्म रहने दूतावासले जनाएको छ। डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ। 
युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौंमा बन्धक ६ बंगलादेशीको उद्धार
युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौंमा बन्धक ६ बंगलादेशीको उद्धार दलालले चार महिना पहिले काठमाडौं ल्याएर बन्धक बनाएका ६ जना बंगलादेशी नागरिकको उद्धार गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ।
दसैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान
दसैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान साढे ४ बजेदेखि खुला हुने भएका छन्।नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ।
Weather Update