News Griha :: न्यूजगृह
दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा टी२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन्।

आईसीसीले आज जारी गरेको नयाँ वरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन्। यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए।

नयाँ वरियतामा अलराउन्डरतर्फ इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन्। ऐरीको २३० रेटिङ छ भने लिविगंस्टोनको २५३ रहेको छ। यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ब्याटिङतर्फ ऐरी विश्व वरियतामा ४३औँ स्थानमा रहेका छन्।

यसअघि उनी ४५औँ स्थानमा रहेका थिए। अलराउन्डरतर्फ नेपालका गुल्सन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन्। टी–ट्वान्टी टिम वरियतामा नेपाल १७औँ स्थानमा रहेको छ। त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त वरियतामा ८७ औँ स्थानमा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १९:५९
Weather Update