News Griha :: न्यूजगृह
बीपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा सवारीको चाप
बीपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा सवारीको चाप सशस्त्र प्रहरी र सेनालाई जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको सुझाव छ। चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक सञ्जालमामार्फत सुझाव दिएका छन्।
अवरुद्ध राजमार्ग खुलाउन सेनासहितको टोली खटियो
अवरुद्ध राजमार्ग खुलाउन सेनासहितको टोली खटियो बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग दसैंअघि नै खुलाउन सरकारले नेपाली सेनासमेत संलग्न गराएर अध्ययन थालेको छ।स्रोतका अनुसार बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको हो। 
२४ घण्टामा १० हजार ३७० सवारिसाधन उपत्यका भित्रिए, ११ हजार २२१ बाहिरिए
२४ घण्टामा १० हजार ३७० सवारिसाधन उपत्यका भित्रिए, ११ हजार २२१ बाहिरिए बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणअनुसार, उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारिसाधन बाहिरिएका छन्।
१५ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार
१५ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार जिल्लाको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया किशोरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह
इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह साथै पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ। यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बारका अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने उपरजिष्ट्रार घिमिरेको घोषणा
बारका अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने उपरजिष्ट्रार घिमिरेको घोषणा सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनाको मुद्दा फिर्ता लिने भएको छ। उपरजिष्ट्रार गोविन्द घिमिरेले सामाजिक सञ्जालबाट मुद्दा फिर्ता लिने बताएका हुन्।
हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह
हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।
लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण 
लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण  इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ। हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो। यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन।
झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा
झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए। आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैँका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको साहरा पनि गुमायो।
दसैँको टीकाको साइत असोज २६ गते ११:३६ बजे
दसैँको टीकाको साइत असोज २६ गते ११:३६ बजे असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ।
पछिल्लो २४ घण्टामा काठमाडौंसहित यी ६ स्थानमा भयो भारी वर्षा
पछिल्लो २४ घण्टामा काठमाडौंसहित यी ६ स्थानमा भयो भारी वर्षा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान गरेको अपडेटअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकका २, मोरङका २, इलाम र पाँचथरका एक/एक स्थानमा भारी (५० मिलिमिटरभन्दा बढी) वर्षा भएको हो। यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका पनि २ स्थानमा झन्डै भारी वर्षा भएको छ। 
Weather Update