ललितपुरका विपद्पीडितको रोदन– राहत लिएर कोही किन आउँदैनन् ? बिहीबार, असोज १७, २०८१

राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर बिहीबार, असोज १७, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

कोशी ब्यारेजको मर्मत गरिँदै बिहीबार, असोज १७, २०८१ बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। मुलुकको पूर्वी पहाडी जिल्लाहरूमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो।

दसैँअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः भौतिक मन्त्रालय बिहीबार, असोज १७, २०८१ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जानकारी दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन्।

लेबनानमा अवस्था नाजुक बन्दै, नेपालीको उद्धारका लागि सरकारले के तयारी गरिरहेको छ? बिहीबार, असोज १७, २०८१ परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीहरूले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ। ‘अहिलेसम्म लेबनानमा कार्यरत नेपाली सुरक्षित छन्। उहाँहरूले उद्धारको आवश्यकता भएको भन्नुभएको छैन,’ परराष्ट्र प्रवक्ता अमृतबहादुर राईले भने, ‘यदि उहाँहरूले उद्धार चाहनुभयो भने सरकार उद्धार गर्न तयार छ।’ प्रवक्ता राईले नेपालले उद्धारको...

नेपाल–बंगलादेशबीच सम्झौता, बंगलादेशमा बिजुली व्यापार गर्ने बाटो खुल्यो बिहीबार, असोज १७, २०८१ नेपाल र बंगलादेशबीच बिहीबार विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको हो।

मेक्सिको र ग्वाटेमालाको सिमानामा मारिए नेपालीसहित ६ जना बिहीबार, असोज १७, २०८१ मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिएका छन्। बुधबार मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो।

रक्तश्रावका कारण अछाममा सुत्केरीको मृत्यु बिहीबार, असोज १७, २०८१ ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गएराति करिब १२ बजे उनलाई सुत्केरी व्यथा लागेको थियो।
![झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत [नामावलीसहित]](https://newsgriha.com/uploads/posts/jhaplekhola_pahiro-1727919502.jpg)
झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत [नामावलीसहित] बिहीबार, असोज १७, २०८१ असोज १२ गते धादिङको धुनीबेँसी नगरपालिका ९ झ्याप्ले खोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए। त्यसमा परी ४ बालबालिका ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यसवर्ष च्याङ्ग्राको मूल्य घट्यो बिहीबार, असोज १७, २०८१ दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङ्ग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरूले नै बिक्री मूल्य घटाएका हुन् ।

प्रधानमन्त्री र बङ्गलादेशका मन्त्रीबीच ऊर्जा सहकार्य छलफल बिहीबार, असोज १७, २०८१ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय बिहीबार, असोज १७, २०८१ गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिट भने नरोकिने बिहीबार, असोज १७, २०८१ सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।









