News Griha :: न्यूजगृह
प्रधानमन्त्री र बङ्गलादेशका मन्त्रीबीच ऊर्जा सहकार्य छलफल

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेट गरेकी छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:४९
Weather Update