News Griha :: न्यूजगृह
तीन दिनभित्र बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा ल्याइने
तीन दिनभित्र बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा ल्याइने सरकारले अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संसद्को पूर्वाधार समितिमा अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो।
मनाङमा पर्यटकको चहलपहल बढ्यो
मनाङमा पर्यटकको चहलपहल बढ्यो गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ। केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए। सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए। तीन सय २७ चिनियाँ...
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए।
नारायणगढदेखि काठमाडौंसम्म ट्रेलर लगायतका ठूला सवारी सञ्चालनमा रोक
नारायणगढदेखि काठमाडौंसम्म ट्रेलर लगायतका ठूला सवारी सञ्चालनमा रोक यातायात व्यवस्था विभागले चितवनको नारायणगढदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
सीमामा नेपाली सुरक्षाकर्मीले सर्वसाधारणबाट गर्छन् ‘असुली’
सीमामा नेपाली सुरक्षाकर्मीले सर्वसाधारणबाट गर्छन् ‘असुली’ भारतका विभिन्न शहरहरूबाट दसैं तिहारको अवसर पारेर घर फर्किरहेको सर्वसाधारणबाट सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले हैरानी मात्रै होइन घुस लिने गरेको पाइएको छ।
तुईन र फड्केले जोडियो तातोपानी नाका
तुईन र फड्केले जोडियो तातोपानी नाका अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ। भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो। 
सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ?
सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ? नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो। तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन।
‘गैँडाज्’ र ‘डाँफेज्’ जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल
‘गैँडाज्’ र ‘डाँफेज्’ जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन्।
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ: प्रचण्ड
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ: प्रचण्ड माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताएका हुन्।
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ? बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि ? भन्ने चिन्ता विद्यालयका शिक्षकशिक्षिकाले समेत व्यक्त गरे। बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए। पालिकाहरूसँग क्षति विवरणका लागि ताकेता गरिरहेको उनले बताए। 
हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो। 
Weather Update