News Griha :: न्यूजगृह
११ करोड ४३ लाख रुपैयाँ बराबरको ८ किलो सुनसहित २ जना पक्राउ
११ करोड ४३ लाख रुपैयाँ बराबरको ८ किलो सुनसहित २ जना पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ।प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौँडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरूलाई सार्वजनिक गरेको हो।
दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा
दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता तर उनीहरूमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ। बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ। बाढीका कारण ढल फुटेको छ।
पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर, युरो र दिनारको घट्यो
पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर, युरो र दिनारको घट्यो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत तथा क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
बाढीपहिरोमा परी २३९ जनाको मृत्यु १८ जना बेपत्ता
बाढीपहिरोमा परी २३९ जनाको मृत्यु १८ जना बेपत्ता हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
क्याबिन क्रुको हड्तालले नेपाल वायुसेवा निगमको दुबई उडान रद्द, दुईतर्फ ३ सय २८ यात्रु अलपत्र
क्याबिन क्रुको हड्तालले नेपाल वायुसेवा निगमको दुबई उडान रद्द, दुईतर्फ ३ सय २८ यात्रु अलपत्र यो उडान रद्द हुँदा दुईतर्फ ३ सय २८ यात्रु अलपत्र परेका छन्। ‘काठमाडौंबाट जहाजमा पूरा लोड थियो। ५ बच्चा तथा १ सय ६१ यात्रुसहितको बुकिङ थियो,’ निगमको विमानस्थलमास्थित कार्यालयका एक कर्मचारीले भने,‘ अन्तिम समयमा क्याबिन क्रु नआइदिएपछि उडान रद्द भयो।’
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो। कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन्।
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताइन्।
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तीन दर्जनभन्दा बढी पालिका विपद् संकटग्रस्त
तीन दर्जनभन्दा बढी पालिका विपद् संकटग्रस्त गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित तीन दर्जनभन्दा बढी पालिकालाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले ती पालिकालाई तीन महिनाका लागि शुक्रबार संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
Weather Update