एनपीएलमा अनुभवी ब्याटर शरद भेषावकर अनसोल्ड आइतबार, असोज २०, २०८१

नख्खु खोलामा एक युवकको शव फेला आइतबार, असोज २०, २०८१ गौर नगरपालिका ६ घर भई ललितपुर महानगरपालिका १४ ताल्छीखेल बस्दै आएका थिए। आइतबार उनको शव खोलामा फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई बुझाएको ३४ बुँदे ध्यानाकर्षण पत्रमा के छ? आइतबार, असोज २०, २०८१ नेपाली कांग्रेसले सरकारलाई ३४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। विपदका बेला तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने भन्दै कांग्रेसले सरकारलाई सुझाव दिएको हो।सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँ राहत कोषका लागि हस्तान्तरण गर्नुका साथै ३४...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार, असोज २०, २०८१ सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो।
-1728218713.jpg)
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन आइतबार, असोज २०, २०८१ नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ।

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा आइतबार, असोज २०, २०८१ सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाइनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन्।

नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि आइतबार, असोज २०, २०८१ ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ।

खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा आइतबार, असोज २०, २०८१ खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दसैँ लक्षित खसी र च्याङ्ग्रा बेच्न सुरु गरेको छ। आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकालाई लक्षित गरी कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा एवम् मकवानपुर, दाङ लगायत स्थानबाट खसी ल्याएको हो।

प्रधानन्यायाधीश राउतले लिए शपथ आइतबार, असोज २०, २०८१ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण भएको हो।

सिंहदरबारको दक्षिण गेटबाट ६ जना पक्राउ आइतबार, असोज २०, २०८१ सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ।कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

फेरि पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार आइतबार, असोज २०, २०८१ सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो। डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो।

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त आइतबार, असोज २०, २०८१ प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन्। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव आइतबार, असोज २०, २०८१ चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ।









