४३ युट्युब च्यानललाई कारवाही गर्न प्रेस काउन्सिलले गर्यो साइबर ब्युरोलाई पत्राचार सोमबार, असोज २१, २०८१

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री सोमबार, असोज २१, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिए।

फूलपातीमा निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा उडान गर्ने सोमबार, असोज २१, २०८१ दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउने उद्देश्यले निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने निर्णय गरेको हो। निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

स्रोत नखुलेको १९ लाखसहित २ जना पक्राउ सोमबार, असोज २१, २०८१ उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो। साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको छ।

बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो, १८ जना बेपत्ता सोमबार, असोज २१, २०८१ विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबस सिन्धुलीमा दुर्घटना, २ जनाको मृत्यु सोमबार, असोज २१, २०८१ आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

नेप्से परिसूचक ३७.१३ अंकले बढ्यो सोमबार, असोज २१, २०८१ साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ३७.१३ अकंले बढेको छ।एक दशमलव ३९ प्रतिशतले बढेको नेप्से २६९०.७२ अंकमा बन्द भएको छ। आइतबार ५६.०९ अंकले बढेको थियो।

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो सोमबार, असोज २१, २०८१ तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए। मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो। एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए। मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ।

मापसे गर्न छाड्नेलाई नगदसहित सम्मान सोमबार, असोज २१, २०८१ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ।

'बेहुली फ्रम मेघौली'का क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती, निर्माताले दिए साइबर ब्युरोमा उजुरी सोमबार, असोज २१, २०८१ दर्शकको साथ पाइरहेको फिल्म 'बेहुली फ्रम मेघौली'का क्लिपहरू टिकटकलगायतका सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि निर्माताले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

चितवनमा २ मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोकिँदा १ जनाको मृत्यु, ५ घाइते सोमबार, असोज २१, २०८१ चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज बिहान एउटा मोटरसाइकल अनियन्त्रित भई अर्को एउटा मोटरसाइकल र एक स्कुटरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

ह्युमपाइपले जोडियो तातोपानी नाका सोमबार, असोज २१, २०८१ पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानीयले आवतजावत गर्न सहज भएको थियो। तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो। तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेको नेपाल ट्रक...

सप्तकोशीमा ‘जेटबोट’ पुनः सञ्चालन सोमबार, असोज २१, २०८१ हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ। जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए।









