स्रोत नखुलेको १९ लाखसहित २ जना पक्राउ

काठमाडौं— स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन्।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो। साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको छ।
उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्दै आएका प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १८:२१