नेप्से परिसूचक ३७.१३ अंकले बढ्यो
काठमाडौं—साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ३७.१३ अकंले बढेको छ।
एक दशमलव ३९ प्रतिशतले बढेको नेप्से २६९०.७२ अंकमा बन्द भएको छ। आइतबार ५६.०९ अंकले बढेको थियो।
आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भए। कुल ७३ हजार ११९ पटकको शेयर किनबेचबाट ७ अर्ब ९ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ।
आज १७६ कम्पनीको शेयर मूल्य बढ्यो भने ६६ कम्पनीको मूल्य घट्यो। दुई कम्पनीको मूल्य स्थिर रह्यो। कुल १३ उपसमूहमध्ये दुई उपसमूह घटे। फाइनान्स र उत्पादन तथा प्रशोधन घट्यो भने अन्य उपसमूहहरु बढ्यो।
उत्पादन तथा प्रशोधन ९३.९६ अंक र फाइनान्स २३.९६ अंकले घट्यो। सबैभन्दा भन्दा बढी होटल तथा पर्यटन २२८.५१ अंक र जिवन बिमा १४४.८६ अंकले बढ्यो ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १५:१३