News Griha :: न्यूजगृह
काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबस सिन्धुलीमा दुर्घटना, २ जनाको मृत्यु

सिन्धुली— काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ।

आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:४६
Weather Update