News Griha :: न्यूजगृह
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। 
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ।दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो।
नेपाल प्रिमियर लिगमा ६४ खेलाडी बिके, को कता?
नेपाल प्रिमियर लिगमा ६४ खेलाडी बिके, को कता? नेपाल प्रिमियर लिगको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन्।गुल्सन झा ललित राजवंशी, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, विवेक कुमार यादव, साहब आलमलगायत खेलाडी सर्वाधिक १५ लाख मूल्यमा बिक्री भएका हुन्।
खाजामै कास्की जिल्ला प्रशासन कार्यालय ठगिएपछि...
खाजामै कास्की जिल्ला प्रशासन कार्यालय ठगिएपछि... उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ। उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ। प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
दसैंमा कस्तो रहला मौसम?
दसैंमा कस्तो रहला मौसम? पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
आश्विन शुक्ल चौथी तिथि वृद्धिः  आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
आश्विन शुक्ल चौथी तिथि वृद्धिः  आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै आज बिहान ६१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए। यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले बताए। आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो।
एनपीएलमा आठै टोलीको रोजाइमा परेका एक्लो खेलाडी बने अनिल
एनपीएलमा आठै टोलीको रोजाइमा परेका एक्लो खेलाडी बने अनिल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ। अक्सन चलिरहेको छ। अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छ भने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख...
स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता [सूची]
स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता [सूची] आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।
अलराउण्डर गुल्सन एनपीएलमा कर्णालीबाट खेल्ने
अलराउण्डर गुल्सन एनपीएलमा कर्णालीबाट खेल्ने उनलाई लक्की ड्र मा कर्णालीले पाएको हो। पछिल्लो दुई वर्षदेखि उनले नेपालको टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन्।हाल क्यानडामा राम्रो गर्दा सबैको ध्यानमा तानिएका थिए।
परराष्ट्रमन्त्री आरजुले लिइन् इजरायल र लेबनानमा रहेका नेपालीबारे जानकारी
परराष्ट्रमन्त्री आरजुले लिइन् इजरायल र लेबनानमा रहेका नेपालीबारे जानकारी ‘इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहनुभएका नेपाली नागरिकहरूको अवस्थाका बारेमा इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरूसँग आज जानकारी लिएँ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।
Weather Update