News Griha :: न्यूजगृह
स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता [सूची]

काठमाडौं— आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

‘मंसिर १६ गते आइतबार सम्पन्न हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगको निर्णयबमोजिम २०८१ असोज १० देखि १६ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २६ दलमध्ये आयोगको २० गते बसेको बैठकको निर्णयअनुसार कानूनी रीत पूरा भएका २५ दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली,२०७४ को नियम १७ को उपनियम ९४० बमोजिम दर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। त्यही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ।

25 parties registered for local by-elections [list]25 parties registered for local by-elections [list]

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २०:२६
Weather Update